Nagoya City Hall 1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134
साझेदारी गरेको दिन: सन् १९५९ साल अप्रिल १ तारिख
लस एन्जलस शहर क्यालिफोर्निया प्रान्तको दक्षिण भागमा स्थित शहर भई, न्यु योर्कको पछि अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो। यो शहरको नाम, १८औं शताब्दीमा यो ठाउँमा कदम राखेको स्पेनको मानिसले येशू ख्रिष्टको आमा मरियमको नामबाट 「Los Angeles (स्वर्गदूतहरूको रानीको शहर)」राखेबाट लस एन्जलस भनेर राखियो। सन् १७८१ सालमा सानो गाउँ गठन गरेर, सन् १८५० सालमा शहर प्रणालीको अवलम्बन गरियो। अहिलेको विश्वस्तरको अर्थ, संस्कृतिको शहरको रूपमा अत्यन्त विकास गरी, विशेषरूपमा एयरोस्पेस अथवा इलेक्ट्रोनिक्स, चलचित्र, मनोरञ्जन आदि उद्योगको विकास भएको छ।
साझेदारी गरेको दिन: सन् १९७८ साल फेब्रुअरी १६ तारिख
मेक्सिको शहर, मेक्सिकोको राजधानी शहर भई, भौगोलिक रूपमा पनि मध्यभागमा स्थित, मेक्सिकोको राजनैतिक, आर्थिक र सांस्कृतिक केन्द्रबिन्दु हो। १४औँ शताब्दीबाट १६औँ शताब्दीमा समृद्धि भएको एजटेक साम्राज्यको राजधानी तेनोचितित्लानको खण्डहरमा बनाएर, स्पेनिस उपनिवेशिक संस्कृतिको असर पर्दै, आफ्नै किसिमको संस्कृतिको स्थापना भएको छ। शहरको नाम एजटेकको संरक्षक भगवान [मेहिकुतोरी] बाट आएको हो। शहरको मुख्य सडकमा स्ट्रिट रूखहरू धेरै भई, प्रत्येक ठाउँमा स्मारकहरुको स्थापना गरेर आधुनिक बिल्डिंगहरुसँग सुन्दर समायोजन गरिएको छ।
साझेदारी गरेको दिन: सन् १९७८ डिसेम्बर २१ तारिख
नानजिंग शहर जियाङ्सु प्रान्तको प्रान्तीय राजधानी हो र जियांङ्नानको दक्षिणी यांग्जे नदीको दक्षिण भागमा स्थित राजनीतिक र आर्थिक केन्द्र हो। यो शहरको इतिहास २४०० वर्ष अघि युद्धरत समयको मध्य तिरबाट सुरु भई, हुई,मिंगजस्ता १० वटा राजवंशहरूका राजधानीका रूपमा स्थापना गरिएको छ। मिंगको सम्राट एइराकुतेइ बेईजिङमा सरेपछि चिनियाँ शब्दअनुसार नानजिंगलाई [दक्षिणको राजधानी] भनिन थालियो, जसलाई नानजिंग भनिन्छ। लामो इतिहास भएको नानजिंगमा पुरानो समयबाट आधुनिक समयसम्मको धेरै किसिमका ऐतिहासिक सम्पदा छ र चिन देशभित्र पनि पर्यटकिय स्थलको रूपमा प्रसिद्ध छ।
साझेदारी गरेको दिन: सन् १९८० साल सेप्टेम्बर १६ तारिख
सिड्नी शहर अस्ट्रेलिया महादेशको दक्षिणपूर्वमा स्थापना भएको न्यु साउथ वेल्स प्रान्तको प्रान्तीय राजधानी भई, अस्ट्रेलियाको अर्थ, यातायात, ढुवानी, संस्कृतिको केन्द्रभाग हो। सिड्नी शहर ओपेरा हाउस अथवा हार्बर ब्रिजले प्रसिद्ध पोर्ट ज्याक्सन तट (सिड्नी तट)को दक्षिणमा फैलिएको छ। सिड्नीलाई इङ्गल्यान्डका आप्रवासीहरुले ऐतिहासिक रूपमा पहिलो पाइलो राखी स्थापना भएको देशको भूभागका रूपमा पनि लिइन्छ।
सिड्नी शहरको वेबसाइट (बाहिरी लिंक खुल्छ)(外部リンク)
साझेदारी गरेको दिन: सन् २००५ साल मे २७ तारिख
तोरिनो शहर इटालीको उत्तर पश्चिमको पिएमोन्त प्रान्तको प्रान्तीय राजधानी हो।तोरिनो शहर सन् १८६१सालमा सेर्डिनिया राज्यको पहलमा इटालीको एकीकरण गरेर सन् १८६५ सालमा राजधानी फ्लोरेन्समा सर्नुभन्दा पहिलेसम्म इटाली राज्यको सबभन्दा पहिलेको राजधानी थियो। मोटरहरुको औद्योगिक केन्द्रित भई विकास गरेर, अहिलेसम्म मिलानको पछि दोस्रो ठूलो औद्योगिक राजधानी हो।
साझेदारी गरेको दिन: सन् २०१७ साल अक्टोबर २० तारिख
रान्स शहर राजाहरूको मुकुट पहिराउने कार्यक्रम गर्ने, स्यान्पेनको उत्पादन क्षेत्रको रूपमा पनि चिनिन्छ। धेरै सङ्ख्यामा स्यान्पेन मेजोन (मेकर)हरूको आधार बनेको यो ऐतिहासिक शहरको अन्डरग्राऊन्डमा जम्मा १२० किलोमिटर लम्बाइमा
वाइनको भण्डारण गर्ने केभ लम्बाई चौडाइमा विस्तारित छ। नोट्रे ड्याम चर्च, तो दरबार, सेन्ट रेमी चर्चहरु विश्व सम्पदा सुचीमा सूचीकृत गरिएको छ। १५औं शताब्दीमा जेन डी आर्केले चार्ल्स सातौं मुकुट पहिरिएको नोट्रे ड्याम चर्चमा प्रत्येक वर्ष १५ लाख पर्यटक घुम्न आउने गर्छन्।
Nagoya City Hall
1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134 International Relations Division e-mail address:a3061@kankobunkakoryu.city.nagoya.lg.jpCopyright(c) City of Nagoya. All rights reserved.