Nagoya City Hall 1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134
एसियाको पूर्वमा थोरै संख्यामा भएका आकारको यो चिडियाघर र वनस्पति गार्डनमा लगभग ५०० प्रकारका जनावरहरु प्रदर्शन ,ट्रपिकलका वनस्पतिले प्रसिद्ध यो वनस्पति बगैँचामा उष्णस्थानका बोटबिरुवाहरुमा,
ग्रिनहाउसबाट सुरु भइ, हरेक मौसमका फुलहरूको आनन्द लिन सकिन्छ। अनि, नागोया स्काइ टावरबाट नागोया शहरलाई एकैपटक हेर्न सकिन्छ।
चुरुमाइ पार्क, सन् १९०९ (मेइजी काल ४२) सालमा नागोया सिटीले बनाइएको पार्कको पहिलो संस्करण हो।
पानीको फोहरा र थिएटरले प्रतिकझैं भान हुने बगैँचालाई केन्द्रबिन्दु बनाएर साकुरा, गुलाफ, इरिस फूल आदी चारै मौसमका फूलहरुको आनन्द लिन सकिन्छ।
च्युबु क्षेत्रको भूगोलबाट प्रोत्साहित भएर, स्रोतबाट समुद्रसम्मको「पानीको कथा」 को परिकल्पना गरिएको पोखरीको वरिपरी बाटो हुने प्रकारको जापानी बगैँचा हो।
शिरोतोरी चराको नाच्दै तल झर्ने देखावटलाई कल्पना गरेर ओरजिनल सुकिया(भवनको एउटा शैली)कोजस्तै गरी बनाइएको सेइउतेईले बगैँचा र भवनको आकर्षक सम्मिश्रण देखाउँछ।
यो तोगोकु पहाडको दक्षिण पश्चिम फेदमा रहेको कृषि पार्क हो। आरु, नासपाती, स्याउ, हलुवाबेद आदिको बिरुवाको बगैँचाबाट सुरु भएर, संसारको ट्रपिकल फल ग्रीनहाउसमा केरा, मेवा, आँप आदि रोपिएको छ।
जापानको सबैभन्दा ठुलो पौडीपोखरीमा प्रभावशाली डल्फिनको प्रदर्शन अथवा किलर ह्वेलको सार्वजनिक तालिम लोकप्रिय छ।
दक्षिणको भवनमा「अन्टार्कटिकाको भ्रमण」, उत्तरको भवनमा 「३५ अरब वर्षको पहिलेबाटको भ्रमण, फेरी समुद्रमा फर्केका जनावरहरु~」 लाई शिर्षक बनाएर सामुद्रिक जीवहरुको प्रदर्शन, चिनारी गराइएको छ।
यो लगभग २ लाख ६० हजार जति सांस्कृतिक सम्पदाहरुको संग्रह गरिएको, जापान भित्रको सबभन्दा राम्रो मध्येको एक ऐतिहासिक संग्रहालय हो। सुरुको ओवारीको इतिहासलाई १६ वटा शिर्षकमा बाँडेर चिनाउने ज्योसेचु प्रदर्शनहल अथवा देशविदेशका उत्कृष्ट सांस्कृतिक सम्पदाहरु चिनाउने विशेष स्थायी प्रदर्शनी हल, ग्यालरीबाहेक बाहिरपट्टि जापानी बगैँचा पनि बनाइएको छ।
यो शहरको केन्द्रको शिराखावा बगैँचाको हराभरामा बाहिरपट्टी सेतो झल्किने कलाभवन हो।
शहरको केन्द्रमा शिराकावा पार्कको हरियो कलरमा चम्कने एक सेतो कला संग्रहालय,
स्थायी प्रदर्शनी मोदिग्लिआनिको प्रसिद्ध कला "दुई चुल्ठी बाटेकी केटि"अथवा जापानमा एकमात्र मेक्सिकन आधुनिक कला संग्रह
हेर्न सकिन्छ। त्यहाँ स्थानीय प्रसिद्ध कलाकारहरूको कृति पनि ठूलो संख्या पनि छन्।
यो जसले पनि रमाइलो गरेर विज्ञानसँग नजिक हुन सक्ने विस्तारित विज्ञान संग्रहालय हो। संसारको सबभन्दा ठूलो ग्रहको अध्ययन गर्ने यन्त्र「ब्रदर अर्थ」अथवा छक्क पर्ने खालको प्रदर्शन आदि, बच्चादेखि बुढासम्म दिनभर रमाइलो गर्न सकिन्छ।
नागोया दरबार तोकुगावा इएयासुले जापानको एकिकरणको क्रममा अन्तिम आधारस्तम्भको रूपमा बनाएको दरबार हो।
एदो बाकुफुको संरचना स्थापना गर्ने उत्सागपूर्ण समयमा नोबिको समतल भुमि हेर्ने आकर्षक र ठूलो टावरको दरबारको निर्माण भयो।
फेरी नागोया दरबारमा, दरबारको टावरको दक्षिणपट्टी होनमारु भन्ने दरबार थियो।
त्यो दरबार त्यसबेलाको उत्कृष्ट बनावटको देशकै सम्पतिको रूपमा निर्दिष्ट गरिएको भवन थियो जुन् अहिले देशको सम्पतिको रूपमा निर्दिष्ट क्योटोको निज्यो दरबारको निनोमारु दरबारसँगै राखिने सामुराई शैलीमा बनाइएको अतुलनीय सम्पदा भनिन्थ्यो।
हिनोकी काठले बनाइएको नो को स्टेजबाट सुरु भएर, परम्परागत जापानी शैलीको निर्माण प्रत्येक ठाउँमा अपनाइएको छ।
दर्शक बस्ने ६३० वटा कुर्सी भएको स्थानीय सरकारको नो स्टेजमा सबैभन्दा ठूलो हो।
फेरी, नो नाटकसँग मिलाएर टिप्पणी गर्ने इयरफोन गाइड प्रणालीको अलावा, नाटक बाहेकको धेरै किसिमले प्रयोग गर्न मिल्ने गरी प्रकाश र ध्वनि उपकरणलाई जोडिएको छ।
प्रत्येक वर्ष ८ पटकको नियमित प्रदर्शनमा जापानी भाषा र अंग्रेजी भाषामा सित्तैमा टिप्पणी पनि गरिन्छ।
ओवारी तोकुगावा परिवारको दोस्रो पुस्ताको प्रभु मिचुतोमोले सेवानिवृत्त कार्यालयको रूपमा बनाएकोबाट सुरुवात भई, सन् २००४ (हेइसेइ काल १६) सालमा
बगैँचाभित्र नयाँ दाइम्यो बगैँचाको प्रतिनिधित्व गर्ने रूपको वरिपरी बाटो भएको खालको बगैँचालाई राख्नुको साथै ओवारी तोकुगावा परिवारको पुरानो संग्रहलाई जापानी र चिनियाँ तरिकाको पुरानो स्टाइलको चित्रणको भण्डार, प्रकाशन गर्ने होसा पुस्तकालय पनि ठूलो बनाईयो।
देशको महत्वपुर्ण सांस्कृतिक सम्पदाको रूपमा निर्दिष्ट गरिएको पहिलेको नागोया अदालतको अपिल कोर्ट, जिल्ला अदालत, जिल्ला अदालतको कार्यालय भवन| नेओ बारोकको तरिकालाई आधार बनाएर गम्भीर र आकर्षक भवनमा नागोयाको महत्वपुर्ण र ऐतिहासिक किसिमको सांस्कृतिक सम्पदा हो।
अहिले नागोया शहरको अभिलेख घरको रूपमा नगरपालिका प्रशासनसँग सम्बन्धित सामग्रीहरुको भण्डारण, प्रदर्शन गर्नुको अलावा नगरपालिका प्रशासन र न्यायलाई शिर्षक बनाएको स्थायी प्रदर्शनी, शहरका मानिसहरुको सांस्कृतिक गतिविधिहरूको लागि प्रदर्शन र सभाहरूको लागि ठाउँको व्यवस्था गरिएको छ।
ताइस्योकालको बेलाको सौखहरुलाई बताउने भवनको भित्र राम्रो डिजाइनको धेरै संख्याको हेर्ने ठाउँ भई, नाटकहरुको सुटिंग, विवाह लगायतका कार्यक्रममा पनि प्रयोग गरिन्छ।
टोयोटा समूहको उद्गमस्थल पनि भएको पहिलेको टोयोटा बोसोकुको मुख्य कारखानाको भवनलाई औद्योगिक सम्पदाकारूपमा प्रयोग गर्दै स्थापना गरियो।
कपडा मेशिन, मोटरको निर्माण र विकास गर्दै आएको टोयोटा ग्रुपको 「सामान निर्माण」र 「अनुसन्धान र निर्माणको प्रेरणा」को इतिहासलाई प्रदर्शन गरिएको छ।
Nagoya City Hall
1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134 International Relations Division e-mail address:a3061@kankobunkakoryu.city.nagoya.lg.jpCopyright(c) City of Nagoya. All rights reserved.