Nagoya City Hall 1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134
नागोया स्टेशन एक दिनमा १० लाखभन्दा बढी रेलमा चढ्ने र ओर्लिने मान्छेको भीडभाड भएको नागोयाको प्रवेशबिन्दु हो।
स्टेशनको अगाडि डिपार्टमेन्ट स्टोर, होटेल,अफिसको बिल्डिंग आदि बनाइएको छ भने जमिनमुनि जापानमै सबभन्दा ठूलो जमिनमुनिको बजार बनाइएको छ। सन् २०१७ (हेइसेइ काल २९) मा उत्पति भएको जेआर गेट टावर, जेआर सेन्ट्रल टावरसँग सिधै जोडिन्छ। यी दुवै बिल्डिंगहरु जोडिएर एकै भई, धेरै किसिमका व्यवसायिक सुविधा आदिको शहरी विशेषताहरु जम्मा भएको हुनाले, धरै मानिसहरुको भीडभाड हुन्छ।
नागोया पोर्ट सन्१९०७ (मेइजी काल ४०) मा खोलिएको हो। समुद्रको प्रवेश बिन्दुको रूपमा मध्य जापानको निर्माण उद्योग वा नागरिकहरूको दैनिक जीवनलाई सहयोग गर्दै आएको छ। अहिले, संसारभरिका १६० देश, क्षेत्रसँग जोडिएर, सन् २०१६ (हेइसेइ काल २८) सालको कुल ह्याण्डलिंग सामानको मात्रा, नाफाको रकम, मोटरको निर्यात संख्यामा जापानको पहिलोको रूपमा दर्ता भएको अन्तर्राष्ट्रिय बन्दरगाहको रूपमा प्रगति गर्दै आएको छ।
फेरी, मानिसहरूसँग नजिकको सम्बन्ध राख्नको लागि बल लगाउने क्रममा नागोया पोर्ट एक्वारियम, अस्थायी समुद्री पार्क आदि भएको नागोया पब्लिक एक्वारियम क्रुज जहाज, सेलिंग जहाजलाई पोर्टमा बोलाएर, पोर्टको फेस्टिबलबाट सुरु भएर अनेक किसिमको इभेन्टहरु आयोजना गरिँदैछ ।
किन्जोफुतोलाई अन्तर्कृयाको आधार बिन्दु बनाएर विकास अघि बढाइँदै छ।
साखाए नवीनतम फेसन र भोजनहरुको पंक्ति भएको नागोयालाई प्रतिनिधित्व गर्ने सपिंग बजार भइ, त्यसको केन्द्र भागमा रहेको
हराभरायुक्त हिसाया ओदोरी पार्कमा साखाएको सिम्बल नागोया टिभीको टावर अथवा व्यवसायिक सुविधा, बस टर्मिनल सहितको
तीन डाइमेन्सनको पार्क ओएसिस २१ छ।
हिसाया ओदोरी पार्क अथवा याबा पार्क आदिमा प्रत्येक हप्ता जस्तो कार्यक्रमको आयोजना गर्नुको साथै,
आइची कला संस्कृति केन्द्रबाट सुरु भई संस्कृति केन्द्रहरु पनि धेरै, एक दिनभरि रमाइलो गर्न आकर्षणका केन्द्रहरुले भरिपूर्ण शहर हो।
ओसु खान्नोन, बान्स्यो-जी मन्दिरलाई केन्द्र बनाएर धेरै वटा पसलको बजार जम्मा भएको, खानापिनाको पसल अथवा पुराना सामानको पसल,पुराना कपडाको पसल, कम्प्युटरको पसल आदि मिसिएर रहेका छन्।
तरुण तन्नेरीबाट बुढापाकासम्म, सधैँ धेरै मान्छेहरुको भीडभाड हुन्छ। पसलको बजारमा गर्मी बेलाको फेस्टिबल अथवा 『वर्ड कोस्प्ले समिट』को परेड, दाइदोउच्योनिन फेस्टिबल आदि इभेन्टहरुको आयोजना गरिन्छ।
नागोया दरबारको बाहिरी खाल्डोबाट ओसुसम्मको क्षेत्रमा एदो कालखण्डको कियोसुगोसीबाट नागोयाको दरबारको शहरको रूपमा विकास गरियो।
अहिलेको फलामे जालीको जस्तो आकार भएको शहरको समूह त्यसैको अवशेष हो।
मेइजी कालखण्ड हुँदै समय क्रमको शहरको निर्माणकार्य सुरु भई, दरबारको शहरको विशेषता झल्काउने लामो, फराकिलो बाटोको निर्माण पनि सुर त भयो,
युद्धको क्षतिले गर्दा नागोया शहर ध्वंस भयो। युद्ध सकिएपछि सुरक्षा, यातायात, निर्माण, दृश्य आदि भविष्यमा शहरको रूपको परिकल्पना गरिएको साहसपुर्ण
पुनर्निर्माण योजना बनाएर, शहरका मानिसहरुको उत्साह र सहयोगबाट अहिलेको सडक र शहर र सिटिस्केपको संरचना तयार भएको हो।
फराकिलो र मिलाएर बनाइएको नागोयाको बाटो, दरबारको शहरबाट अहिलेको शहरसम्म आइपुग्दाको ऐतिहासिक बाटो हो।
होरिखावा सन् १६१० (केइच्यो १५) सालको नागोया दरबारको निर्माणसँगै खन्न थालियो। दरबार अथवा दरबारको शहरमा ल्याइने सामानहरुको ढुवानीको लागि डुंगाको यातायातले नेतृत्व गर्दै नागोयाको विकासमा सहयोग पुर्याउँदै आयो।
नायाबासी पुलको नजिकै व्यापारीहरुको गोदामको लाम लगाई, ओवारी वंशको ठूलो गोदाम पनि बनाइयो।
होरिकावा भएर चामल, समुद्री सामानहरु, काठका सामग्री आदी धेरै संख्यामा जमिनमा ल्याई, यो क्षेत्रको पुरानो समयबाट प्रगति हुँदै आयो।
अहिलेको होरिखावा वाटरसाइड स्पेसको रूपमा धेरै मानिसहरुको विश्रामस्थल बनेको छ।
Nagoya City Hall
1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134 International Relations Division e-mail address:a3061@kankobunkakoryu.city.nagoya.lg.jpCopyright(c) City of Nagoya. All rights reserved.