Nagoya City Hall 1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134
नागोया शहर सन् १८९९ साल (मेइजी २२साल)मा शहर प्रणाली लागू भई लगभग ३२६ वर्ग किलोमिटर क्षेत्रफल,जनसंख्या लगभग २३ लाख भएको केन्द्रीय क्षेत्रको एक मुख्य शहर हो। शहरमा,१९०० सालको इतिहास बोक्ने आस्चुदा मन्दिर, त्यहाँबाट होरिकावा खोलामा जोडिएका नागोया दरबार, वार्डहरु, कोफुन् काल दर्शाउने स्थाल पनि भनिएको कोफुन् प्रशस्त भएको यो मोरियामा वार्डको शिदामी क्षेत्रमा धेरै ऐतिहासिक सम्पदा अनि अलग संस्कृति छन्।
・क्षेत्रफल : लगभग ३२६.४५ वर्ग किलोमिटर
पूर्व-पश्चिम २४.५२ किमी
उत्तर-दक्षिण २५.१३ किमी
・स्थित:
पूर्वी देशान्तर १३६°४७'३०"- १३७ ° ३'३९"
उत्तर अक्षांश ३५ °२'२ " - ३५ °१५'३७"
<शहरको चिन्ह>
सन् १९०७ (मेइजी ४० साल) सालमा शहरलाई प्रतिनिधित्व गर्ने चिन्ह बनाउनको लागि सम्पूर्ण क्षेत्रबाट नमुना पठाउन सुचित गरेर
सोही सालको अक्टोबरमा नागोया शहर सभाले यो चिन्ह प्रयोग गर्ने निर्णय गर्यो।
यो चिन्ह ओवारी तोकुगावा परिवारको सांकेतिक चिन्ह स्वरूप "गोलोमा आठ नम्बर " को रूपमा हेरिंदै आएको छ।
<शहरको रूख: कपरको रूख>
सन् १९७२ (मेइजी ४७ साल) सालको अगस्टमा ७ प्रजातिको उम्मेदवारको रूखहरुबाट त्यो बेलामा जनता माझमा ख्याती प्राप्त रूख कपरको रूखलाई "शहरको रूख"मा चुनियो।
यो रूख छानिएको कारण चाहिँ,शहर ल्यान्डमार्कमा कपरको ठुलो रूख भई,नागोयाको शहरको प्राकृतिक दृश्यसँग अत्यन्तै मिल्ने भई,साथै भविष्यको हरित करणमा पनि उपयुक्त हुने भएकोले हो।
<शहरको फूल: लिली>
सन् १९५० (स्योउवा २५ साल)सालको अप्रिल महिनाको "हरित हप्ता"को उपयोग गरि अखबार कम्पनीसँग सहकार्य गरि चुनिएको हो।
छनौटमा परेका फूलको प्रकारमा लिली,गुलाफ,पैयुँ,गोदावरी,कर्नेसन आदि १०० भन्दा बढी फूलहरु थिए,
पहिलो स्थान "लिली" फुलले लिएकोले, हामीले यसलाई यो शहरको फूलको रूपमा रोज्यौं।
नागोया शहर मास्टर-प्लान २०२३ को गाइडबुक
नागोया शहरको जीवनयापन गर्दा,आवश्यक पर्ने जानकारीहरू "नागोया अन्तर्राष्ट्रिय केन्द्र"को वेबसाइटमा प्रकाशित छ।
भिडियो कल दोभाषे सेवा प्रयोग गर्न सकिन्छ!
Nagoya City Hall
1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134 International Relations Division e-mail address:a3061@kankobunkakoryu.city.nagoya.lg.jpCopyright(c) City of Nagoya. All rights reserved.